×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

बिलखबन्दमा लोसपा : सत्ता गठबन्धनले भाउ दिएन, एमालेसँग एजेन्डा मिलेन !

भदौ १७, २०७९

NTC
Premier Steels

एकातिर सत्ता गठबन्धनमा जोडिने प्रयास सफल नभएको र अर्कातिर प्रमुख प्रतिपक्षी दल एमालेसँग एजेन्डा नमिलेका कारण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिलखबन्दमा परेको छ।

Muktinath Bank

आफूलाई मधेशको मूलधार दाबी गर्ने र प्रभावशाली नेताहरू समेटिएको लोसपा आसन्न चुनावमा 'कर्नर'मा पर्ने देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनमा सीट बाँडफाँट अन्तिम चरणमा पुगेका बेला लोसपा सत्ता गठबन्धनसँग तालमेल गर्ने कि एमालेसँग भनेर निर्णयमा पुग्न सकेको छैन। त्यस विषयमा लोसपाका नेताहरू नै विभाजित देखिएका छन्।


Advertisment
Nabil box
Kumari

केही नेताहरू 'डेमोक्र्याटिक' गठबन्धन बनाउने गरी अहिलेको सत्ता गठबन्धनमै जाँदा ठीक हुने तर्क गरिरहेका छन् भने केहीले सत्ता गठबन्धनले अपेक्षित सीट नदिने हुँदा एमालेसँग मिल्नुपर्ने तर्क गरिरहेका छन् ।

Vianet communication

तर, नागरिकता विधेयकको विरोध गरेर एमालेले 'राष्ट्रवाद'को कार्ड खेलेका कारण ऊसँग गठबन्धन गरेर जाँदा मधेशमा अप्ठ्यारो स्थिति आउन सक्ने चिन्ता पनि पार्टीभित्र देखिन्छ ।

यसबीचमा लोसपा सत्ता गठबन्धनमा मात्र हैन, सरकारमै सामेल हुन सक्ने चर्चा पनि चलेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकारमा सहभागिताका लागि औपचारिक प्रस्ताव नै नगरेको नेताहरू बताउँछन् ।

'प्रधानमन्त्रीज्यूले औपचारिकरूपमा सरकारमा आउन प्रस्ताव नै गर्नुभएको छैन । बरु हाम्रै पार्टीका केही नेताले जसरी पनि सरकारमा जानुपर्छ भनेर लबिङ गरिरहनुभएको छ,' लोसपाका एक नेताले भने ।

लोसपाबारे कांग्रेसमा पनि दुई धार!

विगत दुई महिनायता लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरूले वार्ता तथा संवाद गर्न भन्दै १२ पटकभन्दा बढी प्रधानमन्त्री निवास बालुवाटारको दौड लगाइसकेका छन्।

अधिकांश भेट कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाकै आमन्त्रणमा भए पनि कुराकानी उपलब्धिमूलक भने हुन सकेको छैन ।

कांग्रेसका केही नेताहरू उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीलाई सरकारसहित गठबन्धनबाटै निकाल्नुपर्ने लाइनमा देखिन्छन् । अर्कातर्फ जसपा मधेशमा बलियो शक्ति भएको तथा अहिलेको सरकार निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेलेकाले उपेन्द्र यादवलाई चिढ्याउन नहुने लाइन पनि कांग्रेसभित्र छ ।

प्रधानमन्त्री देउवा उपेन्द्रलाई नचिढ्याइ लोसपालाई साथ लिएर जानुपर्ने मनस्थितिमा रहे पनि गठबन्धनका अन्य नेताका कारण यो प्रयासले सार्थकता पाउन नसकेको लोसपाका एक शीर्ष नेताले दाबी गरे ।

'लोसपालाई ल्याउने हो भने कांग्रेसले आफ्नो भागबाट सीट दिनुपर्छ भनेर कांग्रेसबाहेक गठबन्धनका नेताहरूको अडान छ,' लोसपाका ती नेताले भने, 'खास गरेर प्रचण्डजीले खासै चासो देखाउनु भएको पाइएन । सोही कारण पनि गठबन्धनमा सहभागिताबारे निर्णय हुन नसकिरहेको हाम्रो बुझाइ छ ।'

जसपा र लोसपा दुवैलाई गठबन्धनमा राख्दा मधेशमा सीट बाँडफाँट थप जटिल बन्ने चिन्ता प्रचण्डसहित गठबन्धनका नेताहरूलाई छ ।

गठबन्धनको बिहीवारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव अलि कडारूपमा प्रस्तुत भएको स्रोतको दाबी छ ।

गठबन्धन गरेपनि ९ सीट जित्ने, जसपा एक्लै लड्दा पनि ९ सीट जित्ने हिसाब पेश गर्दै उपेन्द्रले गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी समेत दिइसकेका छन् । २० सीटको हाराहारीमा दाबी गरेको जसपाले १२ देखि १६ सीट मात्र पाउने सम्भावना देखिएको छ ।

कांग्रेसको लगाव जसपाभन्दा बढी लोसपातर्फ देखिए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने उपेन्द्रलाई कुनै पनि हालतमा गठबन्धनबाट बाहिर जान दिन नहुने लाइनमा छन् ।

जसपाको आन्तरिक शक्ति संघर्षदेखि नै उपेन्द्रलाई साथ दिइरहेका प्रचण्डको अडानसामु प्रधानमन्त्री देउवाले अन्यथा निर्णय लिन सकेका छैनन् ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले एमालेसँग गठबन्धन गरेर जान सकिने विषयमा समेत चिन्तन तथा छलफल शुरू भएको बताए ।

'प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव तथा आग्रहलाई सकारात्मक रूपमा लिएर हामी पटक–पटक वार्ता तथा संवादमा गयौं, तर उहाँहरूले हामीलाई अहिलेसम्म गठबन्धनको विषयमा ठोस कुरा गर्नुभएको छैन,' महतोले लोकान्तरसँग भने, 'सत्ता गठबन्धनमा रहेका पाँच दललाई आफैं सीट पुगिरहेको छैन । त्यसकारण हामीले नेकपा एमालेसँग गठबन्धनका विषयमा पनि छलफल थालेका छौं ।'

चुनावी गठबन्धनका लागि एमालेबाट प्रस्ताव समेत आएको उनले खुलाए । 'एमालेसँग गठबन्धन हुने कि नहुने भन्ने कुराको सुनिश्चितता हालसम्म भएको छैन,' महतोले थपे, 'गठबन्धनको टुंगो लागेपछि हामीलाई कति सीटमा 'कम्फर्टेबल' हुन्छ, त्यसमा आफ्नो दाबी पेश गर्छौं ।'

स्रोतका अनुसार लोसपाका केही नेताले एमालेसँग अनौपचारिक संवाद पनि शुरु गरिसकेका छन्।

प्रतिनिधि सभामा लोसपाका १३ जना सांसद छन्, जसमध्ये ९ सांसदहरू प्रत्यक्ष निर्वाचित हुन् भने ४ जना समानुपातिक सांसद हुन्। लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट, वरिष्ठ नेताद्वय राजेन्द्र महतो धनुषा-३ बाट र शरतसिंह भण्डारी महोत्तरी-२ बाट, अनिलकुमार झा रौतहट-१ बाट निर्वाचित भएका हुन्।

त्यसैगरी उमाशंकर अरगरिया धनुषा- २ बाट, एकवाल मियाँ बारा-४ बाट, चन्द्रकान्त चौधरी सप्तरी- ३ बाट, विमलप्रसाद श्रीवास्तव पर्सा- २ बाट र लक्ष्मणलाल कर्ण पर्सा- ४ बाट निर्वाचित भएका हुन्।

चन्दा चौधरी, कलुदेवी विश्वकर्मा, दुलारी देवी खत्वेनी तथा निर्जला राउत समानुपातिक सांसद हुन्।

बिथोलियो मधेशी गठबन्धनको प्रयास

दुई साताअघि जसपा र लोसपाका केही नेताहरूले सत्ता गठबन्धन, प्रतिपक्षी गठबन्धनको विकल्पमा मधेशवादी दलहरूबीच छुट्टै तेस्रो गठबन्धन बनाउनुपर्ने भनेर अनौपचारिक संवाद थालेका थिए।

जसपाका नेता राजकिशोर यादवले त्यसको पहल गरेका थिए। स्रोतका अनुसार यादवले त्यसका लागि लोसपा नेता लक्ष्मणलाल कर्ण र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेट समेत गराएका थिए।

मधेशी गठबन्धनका विषयमा शुरूमा महन्थले खासै चासो नदेखाएको स्रोतको दाबी छ । विशेषगरी महन्थ र उपेन्द्रबीच विश्वासको संकट मधेशी गठबन्धनको प्रमुख बाधक बनेको छ ।

'पार्टी विभाजन भएपछि ती दुई अध्यक्ष (उपेन्द्र र महन्थ) बीच हालसम्म एकपटक पनि संवाद भएको छैन । दुवैमा आ-आफ्नै किसिमको दम्भ देखियो,' एक नेताले लोकान्तरसँग भने, 'त्यसकारण दुई पार्टीबीच गठबन्धन गराउने प्रयास असफल भयो।'

लोसपा एक्लै चुनाव लडेर जान सक्ने स्थिति नरहेको सोही पार्टीका नेताहरू स्वीकार्छन् । सत्ता गठबन्धनले भाउ नदिए एजेन्डा नमिल्दानमिल्दै एमालेसँगै गठबन्धन गरेर जानुपर्ने बाध्यात्मक स्थितिमा लोसपा पुगेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x