२७ असार २०८३, शनिबार

उपेन्द्र यादवको नाम मोरङ निर्वाचन क्षेत्र–५ मा सिफारिस

उपेन्द्र यादवको नाम मोरङ निर्वाचन क्षेत्र–५ मा सिफारिस

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । जसपाले अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरेको हो । 

यस्तै प्रदेशसभातर्फ मोरङ क्षेत्र–५ (क)बाट प्रत्यक्षको उम्मेदवारमा पत्रालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाईंको नाम सिफारिस गरिएको छ । 

क्षेत्र–५(ख)मा स्वास्थ्यमन्त्री यादवलाई प्रदेशसभाको उम्मेदवारमा पनि सिफारिस गरिएको छ । सो क्षेत्रमा अमृत महतो, दिनेश साह, विनिता सिंह र मन्तलाल यादवको नाम पनि पार्टीले सिफारिस गरेको बताइएको छ ।

मोरङ क्षेत्र–४ प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि मृत्युञ्जय झा  र समानुपातिकतर्फ रामचन्द्र झाको नाम रहेको छ भने मोरङ निर्वाचन क्षेत्र–४ (ख)मा प्रत्यक्षतर्फ सञ्जय सिंह र समानुपातिकतर्फ रञ्जु बर्मा र गीता यादवको नाम सिफारिस गरिएको छ ।
 

कमेन्ट गर्नुहोस्