२४ जेठ २०८३, आइतबार

नेपाल पर्यटनका लागि सदावहार गन्तव्य : पर्यटनमन्त्री श्रेष्ठ

नेपाल पर्यटनका लागि सदावहार गन्तव्य : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिने बताएका छन् । नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’का विजयीलाई पुरस्कृत गर्दै मन्त्री श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटन गतिविधि सञ्चालनका लागि सरोकारवालासँग समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । उनले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न सके यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए । 
       
पर्यटनमन्त्री श्रेष्ठले नेपाल नेचर, कल्चर र एडभेन्चर हेरक हिसाबले विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए । यिनीहरुको प्रर्वद्धनका लागि फोटो महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डले नेपालको पर्यटन प्रर्वद्धनका लागि फोटोको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विजयी फोटोग्राफरलाई बधाई ज्ञापन गरे ।

बोर्डको प्रर्वद्धन तथा अठोट नेपालको आयोजनामा ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२”  काठमाडौँमा सम्पन्न भएको हो । देशभरबाट सात सय फोटोग्राफरबाट छानिएका दुई हजार सात सय फोटोबाट चार वटा फोटोलाई चार विधाका उत्कृष्ट फोटोका रूपमा छनोट गरिएको हो । यसरी छनोट भएका चारमध्ये टासी आर घलेको से फोक्सुण्डोको फोेटो ‘फोटो अफ दि इयर’ छनोट भएको छ ।

चार उत्कृष्टमध्ये नेचर विधामा टासी आर घलेको से फोक्सुण्डोको फोेटो प्रथम, कल्चर विधामा राजन मर्हजनको कात्तिके नाच प्रथम, वाइल्ड लाइफ विधामा विनय रावलको चितुवाको फोटो तथा लाइफस्टाइल विधामा सुशीलकुमार श्रेष्ठको माटाको भाँडा बनाएको फोटो पुरस्कृत भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्