०६ असार २०८३, शनिबार

भारतीय राजदूत सिंहको सम्मान

कात्तिक २०, २०७४
भारतीय राजदूत सिंहको सम्मान

 


काठमाडौँ, १६ साउन । भारतीय राजदूत सन्जिभ सिंह पुरीको सम्मानमा धर्मकीर्ति विहार, नःघलले आज एक कार्यक्रमको आयोजना ग¥यो । 
सो अवसरमा राजदूत सिंहले दुई मुलुकबीच जनस्तरमा मात्र नभई सांस्कृतिक सम्बन्ध पनि सदिँयौंदेखि प्रगाढ रहँदैआएको बताउनुभयो । 
धर्मकीर्ति विहार र भारतीय राजदूतावासबीच रहँदै आएको सहयोगात्मक सम्बन्धलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने वचनबद्धता उहाँले प्रकट गर्नुभयो । 
विहार प्रमुख अनगारिका धम्मावतीले धर्मकीर्ति विहारलाई भारत सरकारबाट प्राप्त भइआएको सहयोग आउँदा दिन पनि जारी रहने विश्वास व्यक्त गर्दै राजदूत सिंहको सुस्वास्थ्यको कामना गर्नुभयो । 
राजदूत सिंहलाई विहारका तर्फबाट अनगारिका धम्मावतीले ‘मायाको चिनो’ पनि प्रदान गर्नुभएको थियो । रासस 

salt training

कमेन्ट गर्नुहोस्