२९ जेठ २०८३, शुक्रबार

विदेश भागेका श्रीलंकाका पूर्वराष्ट्रपति स्वदेश फर्किए

भदौ १८, २०७९
विदेश भागेका श्रीलंकाका पूर्वराष्ट्रपति स्वदेश फर्किए

भागेर विदेश पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।  आर्थिक संकट भएर देशमा आन्दोलन चर्किएपछि उनी तीन साताअघि सिंगापुर भागेका थिए । 

 राजापाक्षे स्वदेश फर्किएको बीबीले उल्लेख गरेको छ । राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूले स्वागत गरेका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाएका थिए । 
यसैबीच श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि विदेश भ्रमणका लागि अनुमति दिएको छ । राजापाक्षका वकिलले राजापाक्षलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति दिन अपिल गरेपछि सर्वोच्च अदालतले राजापाक्षलाई अर्को वर्षको जनवरीसम्म विदेश यात्राका लागि अनुमति दिएको हो ।

यस पहिले, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सेप्टेम्बर ५ सम्म देश छाड्न नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्