
उद्योग वाणिज्य संघ चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम संघको सभाहलमा शुक्रवार सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जीवन बीमाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।