०३ असार २०८३, बुधबार

सदगुरुको माटो जोगाऔँ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

सदगुरुको माटो जोगाऔँ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानमा वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरुलाई शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाएका हुन् ।

ललितपुरको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उनले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गरेका ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरिमा कम्तीमा पनि ३० हजार वृक्षरोपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘तपाईँको अभियानमा मन्त्रालयसहित अन्य माध्यममार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ’, मन्त्री यादवले भने, ‘वृक्षरोपणको कार्य भदौ महिनाभित्रै शुरुआत गरिने छ ।’

उक्त अभियानका अभियान्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको मन्त्री यादवले बताए । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाएको उक्त महाअभियानको जति प्रशंसा गरे पनि कम हुने उनको भनाइ थियो । सदगुरुलाई यादवले प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान गरेका थिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्