०४ साउन २०८३, सोमबार

गठबन्धनको ‘वैशाखी’ले राजनीति समस्याग्रस्तः उपाध्यक्ष पौडेल

गठबन्धनको ‘वैशाखी’ले राजनीति समस्याग्रस्तः उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट नभएको दाबी गरेका छन् । आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको दाबी गर्दै उनले गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा त्यो पनि असफल हुने बताए । 

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले गठबन्धनको वैशाखी पनि संकटतर्फ धकेलिएको बताए । ‘हामीसँग चुनावी प्रष्तिपर्धा गर्न कसैको पनि आँट छैन’, पौडेलले भने, ‘गठबन्धनको सिनारिया’ हेर्दा समस्यामा छ । एमाले एक्लै चुनाव लड्छ । निर्वाचनपछि एमाले एक्लै सरकार बनाउन पुग्नेछ । त्यसको लागि सबै लाग्नुपर्ने अवस्था आएको छ ।’ उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको बताए ।  

उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन् भातृसंगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी काममा खटिन निर्देशन समेत दिए । 

बुटवलमा निर्माणाधीन तिनाउँ दानव करिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न आग्रह गरे । करिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे । एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाइ थियो । 

उनले भने, ‘देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रूपन्देही–२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ । तर, हामीले ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिएको छैनौँ । हामीले अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्थामा आएका छ ।’ एमालेले गरेका कामको जनतालाई सरल तरिकाले बुझाउन जरूरी रहेको नेता पौडेलले बताए । 

एसपीपीमा एमालेको विरोधकै कारण सरकार पछि हट्न बाध्य भएको पौडेलले बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरेको उनको भनाइ थियो । ‘नागरिकता विधयेक एमालेको विरोधकाबीच संसदबाट पास भयो’, उपाध्यक्ष पौडेलले भने, ‘तर यसको जस एमालेले होइन गठबन्धनले लिइहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ ।’ 

salt training

कमेन्ट गर्नुहोस्