
आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि रूपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ र ‘ख’ बाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिवार क्षेत्र नम्बर ४ ‘क’ सांसद कमिटीको बैठकले एक महिलासहित ३ जनाको नाम सिफारिस गरी पठाएको छ । ‘क’ बाट हजरत अली, अनिल गिरी र विन्द्रावती गौडको नाम सिफारिस भएको छ ।
त्यस्तै, प्रदेश सभा ४ ‘ख’ बाट नवप्रवेशी हरिश्चन्द सिंह, विनय मिश्र, रामबचन उर्फ अन्जनी यादव र सुनिता ठठेरको नाम सिफारिस भएको क्षेत्र नम्बर ४ का अध्यक्ष तथा क्षेत्रिय संयोजक कमलेश यादवले जानकारी दिए ।
हरिश्चन्द जनता समाजवादी पार्टी त्यागेर शनिवार एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यता दिई एमालेमा प्रवेश गराएका हुन् । उनले आफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेका थिए ।