०६ असार २०८३, शनिबार

बागलुङबाट पनि आरजु राणाको नाम सिफारिस

बागलुङबाट पनि आरजु राणाको नाम सिफारिस

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि बागलुङबाट पनि सिफारिस भएकी छन् । संघीय संसदका लागि यसअघि कैलाली र बर्दियाबाट उम्मेदवार सिफारिस भएकी उनी  बागलुङ क्षेत्र नम्बर २ बाट पनि  सिफारिस भएकी हुन् । 

कांग्रेसबाट बाग्लुङ क्षेत्र नम्बर–२ को बाट प्रतिनिधिसभा उम्मेदवारमा उनीसहित गणेश शेरचन, जितबहादुर शेरचन,  टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधानसभा सदस्य नरबहादुर पुन निरज, पूर्वमहासमिति सदस्य रामप्रसाद आचार्य, डा शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर राना सिफारिस भएका छन् । 

समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरू तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्