काठमाडौं, १६ साउन – सेञ्चुरी कमर्सियल बैंकले साउन १६ गते सोमबारदेखि १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गरेको छ ।
बैंकको सेयरमा असार २६ गतेसम्म सेयर स्वामित्व भएकाले लगानी गर्न पाउने छन् । बैंकको सेयर भदौं १८ गतेसम्म बिक्री खुला रहनेछ । बैंकको हकप्रद निष्कासनपछि चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकको पुँजी ४ अर्ब ७१ करोड रहेको छ ।
बैंकको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १ सय कित्ता सेयर बराबर सेती फाइनान्सको ७० कित्ता हुने गरी मर्जरको प्रस्ताव लौजादैछ ।
बैंकले यसअघिपनि तीन वटा संस्था एक्वायर गरेको छ भने अल्पाइन डेभलपमेन्ट बैंक पनि एक्वायर गर्ने तयारीमा रहेको छ । बैंकले सहजै ८ अर्ब चुक्ता पुँजी पुर्याउने भएको छ ।