११ साउन २०८३, सोमबार

यी क्षेत्रमा भारी वर्षा, बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह

यी क्षेत्रमा भारी वर्षा, बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

शनिवार राति सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (ब.सु.पू.) र आसपास केही स्थानमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिवार राति सूचना जारी गर्दै यी क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको हो । 

विभागले मरिन खोला, लालबकैया, कर्रा खोला, रिउखोला लगायत उक्त जिल्ला भई बहने स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने समेत रहेको जनाएको छ ।

यी क्षेत्रमा आइतवार बिहान ६ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्