
जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनसँग १-१ गोलको बराबरी खेलेको हो ।
यस बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडेको छ ।
बायर्न तेस्रो स्थानमा रहेको छ ।
बर्लीन ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा बोरुसिया डर्टमण्डले जीत निकालेको छ ।
डर्टमण्डले होफेनहाइमलाई १-० ले हराएको हो ।
डर्टमण्डको जीतमा मार्को रिउसले १६ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जीतसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।