१० असार २०८३, बुधबार

चोलेन्द्रको बयान छोट्याउन महाभियोग सिफारिश समितिको आन्तरिक बैठक

चोलेन्द्रको बयान छोट्याउन महाभियोग सिफारिश समितिको आन्तरिक बैठक

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान छोट्याउनेबारे छलफल गर्न प्रतिनिधिसभाको महाभियोग सिफारिश समितिको बैठक अहिले बसिरहेको छ ।

प्रधानन्यायाधीश जबरासँगको तेस्रो दिनको बैठक अघि समितिको आन्तरिक बैठक बसेको हो ।

बयान लम्बिएका कारण छोट्याउने विषयमा समितिले आन्तरिक छलफल गरेको हो ।

समितिले तयार गरेका ४३ मध्ये दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ सकिएको छ । 

भदौ १५ र १६ गते भएको बयानमा जबराले व्याख्यात्मक जवाफ दिएका भन्दै समिति सदस्यहरूले असन्तुष्टि जनाएका थिए । 

तेस्रो दिनको बयानका लागि जबरालाई मध्यान्ह १२ बजे समितिमा बोलाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्