
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान २५ गतेसम्मका लागि स्थगित भएको छ ।
आइतवार ५ वटा प्रश्नको जवाफपछि सांसदहरूको कार्यव्यवस्तताका कारण बैठक स्थगित भएको समिति सदस्य एकवाल मियाले जानकारी दिए ।
'आज ७ देखि ११ नम्बरसम्मका प्रश्नका सम्बन्धमा बयान सकियो,' मियाले भने, 'सांसदहरूको चुनावी तयारी, उम्मेदवार सिफारिशको काम आदि कारणले २५ गतेसम्मलाई बैठक स्थगित भयो ।'
आइतवार चोलेन्द्रसँग तेस्रो दिन बयान लिइएको हो । ४३ वटा प्रश्न तयार पारिएकोमा ३ दिनमा जम्मा ११ वटा प्रश्नमाथिको बयान सकिएको छ ।