३० जेठ २०८३, शनिबार

चिनियाँ राष्ट्रपति नेपाल आउने सम्भावना बढेको हो ?

कात्तिक २०, २०७४
चिनियाँ राष्ट्रपति नेपाल आउने सम्भावना बढेको हो ?
काठमाडौं, २१ पुस — चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१७ मा नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ । चीनले नेपालका लागि नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गरेसँगै सो सम्भावना बढेको आजको नयाँपत्रिका दैनिकले समाचार लेखेको छ ।

यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्रमण गर्ने वर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गर्दै आएको छ । चीनले केही दिनअघि नेपाली दूतावासका अधिकारीलाई यसबारे जानकारी दिएको थियो ।

मंगलबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चाइना नेसनल टुरिजम एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक चाङ लिचोङसँग भेट गरी ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम २०१७’ घोषणा गरेकोमा धन्यवाद दिएका छन् ।

‘चीनको यो कदमले नेपालमा पर्यटकको संख्या सन् २०१७ मा उल्लेख्य रूपमा वृद्धि हुनेछ,’ पौड्यालको भनाइ उद्धृत गर्दै नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक वर्षमा ८० हजार चिनियाँ पर्यटकले गरे नेपाल भ्रमण सन् २०१६ मा करिब ८० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०१४ मा १ लाख २८ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा गएका थिए ।

सन् २०१५ मा यो संख्या ६६ हजार थियो । साहसिक पर्यटनमा जान चिनियाँ युवाका लागि नेपाल अद्वितीय गन्तव्य भएको भन्दै सो सन्देश सामाजिक विज्ञापन, अनलाइन मिडिया तथा पर्यटक सम्बन्धित प्रकाशनहरूमा प्रचार–प्रसार गरिदिन पौडेलले महानिर्देशक चाङसँग आग्रह गरेका थिए । चाङले सन् २०१६ को मेमा विश्व पर्यटन सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले घोषणा गरेका परियोजनाका लागि नेपालले सम्बन्धित च्यानलमार्फत प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्