२१ जेठ २०८३, बिहीबार

मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्ड पक्राउ

मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्ड पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । मन्त्री श्रेष्ठ ठमेलमा रहेको छायाँ सेन्टरको भिसा सेन्टरमा जाँदा ‘लाइनमा बस्नुस’ भन्ने  सेक्युरिटी गार्डलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

‘हामीले अभद्र व्यवहारमा एक जनालाई नियन्त्रमा लिएका छौँ’, परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले लोकान्तरलाई बताए । 

उनका अनुसार प्रहरीले सुरक्षागार्ड शेरजंग गुरुङलाई नियन्त्रणमा लिएको छ ।

मन्त्री श्रेष्ठ बायोमेट्रिक दिन छायाँ सेन्टर पुगेका थिए । घटना गत शुक्रवारको भए पनि आइतवार मात्र सार्वजनिक भएको हो । पीएसओले श्रेष्ठ मन्त्री भएको बताउँदा पनि सुरक्षागार्डले नमानेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्