११ साउन २०८३, सोमबार

अमेरिकाले सबै रुसीहरूमाथि भिजा प्रतिबन्ध नलगाउने

भदौ १९, २०७९
अमेरिकाले सबै रुसीहरूमाथि भिजा प्रतिबन्ध नलगाउने

मस्कोले युक्रेनविरुद्ध चलाएको सैन्य कारवाहीको सजायस्वरूप सबै रुसीहरूलाई भिजा प्रतिबन्ध अमेरिकाले नलगाउने भएको छ । 

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले यसको जानकारी दिएका हुन् । 

पुटिन सरकारलाई समर्थन गर्ने केही रुसीहरूका विरुद्ध अमेरिकाले भिजा प्रतिबन्ध लगाएको कर्बीले बताए । 

युक्रेन युद्धका लागि सबै रुसीहरूलाई जवाफदेही बनाउनु सिर्जनशील उपाय भएकोमा वाशिङटनलाई विश्वास नलागेको उनको भनाइ छ । अमेरिकाले यस्तो निर्णय लिनु सम्पूर्ण रुसीहरूमा विरुद्ध युद्ध गरे जस्तो हुने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्