
नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ । खाणको रूपन्देही–२ बाट पनि नाम सिफारिस भएको छ । कांग्रेस रुपन्देही क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ खाणको एकल नाम सर्वसम्मतिले टुंगो लगाएको क्षेत्रीय सभापति सुशील गुरूङले जानकारी दिए ।
खाणले २०६४ र २०७० का दुई पटक निर्वाचन क्षेत्र नम्बर ३ बाट जितेका थिए । भने, २०७४ को निर्वाचनमा उनी प्रत्यक्ष नलडेर समानुपातिकमा बसेका थिए ।
उनको नाम रुपन्देही–२ बाट पनि सिफारिस भएको कांग्रेस नेताहरूले बताएका छन् । खाण क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने सभापति गुरूङले बताए ।