११ साउन २०८३, सोमबार

एनआरएनएको क्रिकेट टिम घोषणा

एनआरएनएको क्रिकेट टिम घोषणा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए)ले आइतवार क्रिकेट टोलीको घोषणा गरेको छ । गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो । 

एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तानको जिम्मेवारी पृथु बास्कोटाले पाएका छन् । यस्तै टिममा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरी, दिनेश खरेल, रश्मि कँडेल, सन्दीप अधिकारी, बासु गिरी, सुनिल श्रेष्ठ, दिपेन श्रेष्ठ, दिपक क्षेत्री, आशिस पोखरेल, गमबहादुर गुरुङ र सागर पुन रहेका छन । 

टोलीको व्यवस्थापकीय जिम्मेवारी स्वम्भूराज डंगोललाई दिइएको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । तर पुरुष क्रिकेट भने भदौ २३ बाट सञ्चालन हुँदैछ । खेल कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुने छ । नवौं राष्ट्रिय खेलकुद र नेपाल ट्वान्टी–२० लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्