०८ साउन २०८३, शुक्रबार

स्थानीय तहलाई तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुन्छः उमेश श्रेष्ठ

स्थानीय तहलाई तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुन्छः उमेश श्रेष्ठ

राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमवार हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताएका हुन् । 

राज्यमन्त्री श्रेष्ठले स्थानीय, प्रदेश र संघबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने धारणा राखे । उनले स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष अनुभुित हुनेगरी गर्न प्राथमिकता दिइनुपर्ने बताए । उनले भने, ‘जति स्थानीय सरकारलाई अधिकार दियो त्यति प्रगति हुन्छ भन्ने मूल्य र मान्यता, यसको विश्वास सरकारले लिएको छ । विस्तारै विस्तारै स्थानीय सरकारलाई अधिकार नदिइकन, जुन-जुन अधिकार छ संविधानमा तोकिएको त्यो अधिकार स्थानीय सरकारलाई दिनैपर्छ । स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’

राज्यमन्त्री श्रेष्ठले विकास निर्माणको काममा प्रदेश–प्रदेशका विचमा प्रतिष्पर्धा हुनुपर्ने बताए । उनले प्रदेश र स्थानीय सरकारले रोजगारमुलक र व्यवसायमुलक शिक्षामा ध्यान दिनुपर्ने बताए । उनले उत्पादनमूलक उद्योगहरूको स्थापना गर्न जोड दिनुपर्ने बताउँदै प्रदेश सरकारले ऐन, नियम तथा कानूनहरु बनाउँदा नयाँ औद्योगिक क्षेत्रहरुको स्थापना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्