०६ साउन २०८३, बुधबार

सुरक्षा गार्डलाई नियन्त्रणमुक्त गरिदिन पर्यटन मन्त्रीकै आग्रह

सुरक्षा गार्डलाई नियन्त्रणमुक्त गरिदिन पर्यटन मन्त्रीकै आग्रह

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई नियन्त्रणमुक्त गरिदिन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आग्रह गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएका गुरुङलाई नियन्त्रणमुक्त गर्न गृह मन्त्रालयलाई आग्रह गरेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।

उनको सचिवालका अनुसार श्रेष्ठका अनुसार गुरुङले मन्त्रीलाई अभद्र व्यवहार गरेको गल्ती महसुस गरेकाले उनलाई नियन्त्रणमुक्त गर्न भनिएको पनि उल्लेख छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठ क्यानडामा हुने कार्यक्रममा जानको लागि बायोमेट्रिक दिन शुक्रवार ठमेलको छाँया सेन्टरको भिएफएसको कार्यालयमा गएका थिए । उक्त कार्यालयमा मन्त्रीले पालो मिचेर अगाडि जाँदा सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न भनेका थिए । गार्डले आफ्नो ड्यूटी पूरा गरेको भए पनि मन्त्री श्रेष्ठले भने पूर्वजानकारी बिना नै गएर सुरक्षा गार्डसँग विवाद गरेको बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्