१० साउन २०८३, आइतबार

राष्ट्रिय पूँजीलाई औद्योगीकरण गर्नुपर्छ : अध्यक्ष नेपाल

राष्ट्रिय पूँजीलाई औद्योगीकरण गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट विचारका साथै समाजवादी आदर्शको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशमा विद्यमान गरिबी न्यूनीकरण गर्न राष्ट्रिय पूँजीलाई औद्योगीकरण गरी न्यायोचित वितरण गर्ने वैज्ञानिक चिन्तन माक्र्सवादी चिन्तन भएको बताए । 

कार्यक्रममा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकलाई राजनीतिक अधिकारका साथै सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आन्दोलनको खाँचो औँल्याउँदै कम्युनिष्ट आन्दोलनमा अवसरवादी चरित्र विकास भएकाले आफूहरूले कम्युनिष्ट सिद्धान्तको रक्षाका लागि विद्रोह गरेको स्पष्ट पारे ।  पार्टी स्थापनाको छोटो समयमा पनि देशभर पार्टीप्रति जनताको आकर्षण बढेकाले विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता आफ्नो दलमा प्रवेश गर्ने लहर चलेको उनले बताए । 
  
सो अवसरमा जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेतृत्वमा ५७ जना नेता तथा कार्यकर्ता उक्त पार्टीमा प्रवेश गगरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्