२८ जेठ २०८३, बिहीबार

सेक्युरिटी गार्ड रिहा भएपछि रवि लामिछानेले भने–नखाएको बिष लाग्दा कस्तो हुन्छ, मलाई थाहा छ

सेक्युरिटी गार्ड रिहा भएपछि रवि लामिछानेले भने–नखाएको बिष लाग्दा कस्तो हुन्छ, मलाई थाहा छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नखाएको विष लाग्दा कस्तो हुन्छ आफूलाई थाहा भएको बताएका छन् । गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ थुनामुक्त भएपछि लामिछालेले यस्तो टिप्पणी गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसाउन खोज्दा भएको विवादमा गुरुङ पक्राउ परेका थिए । तर, चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको आदेशमा प्रहरी वृत्त दरबारमार्गले सोमबार उनलाई साधारण तारेखमा रिहा गरेको हो । 

गुरुङको रहाइपछि लामिछानेले भने, ‘म बुझ्छु, नखाएको बिष लाग्दा कस्तो हुन्छ । मलाई थाहा छ, निर्दोष हुँदाहुँदै कैदी बन्नु पर्दा कस्तो हुन्छ ।’ उनले आफू मानवताका आधारमा गुरुङलाई भेट्न गएको पनि बताएका छन् । ‘हो, मैले नियम कानुन पछ्याइनँ । मानवता पछ्याएँ । आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एकजना आममानिस पक्राउ परेको सहन सकिन । गएँ । पक्राउ गरिएकालाई भेटेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मेरो भ्रम हुन सक्ला, तर मैले ति निर्दोषलाई भेटेको कुरा मान्छेहरुलाई थाहा दिन सकें, ति कर्तव्यपरायणका पक्षमा माहौल श्रृजना  हुन सक्छ भन्ने सोचेँ । फोटो राखेँ ।’

उनले आफूले सहजै गुरुङलाई भेट्न पाएको पनि बताएका छन् । उनले कानुन कसैको आवेग र न्याय कसैको निगाहमा पाइने कुरा बन्न नहुनेमा जोड दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्