२३ जेठ २०८३, शनिबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मंगलवार बिहान एक बुलेटिन जारी गर्दै दिउँसो तथा रातिको समेत मौसम पूर्वानुमान गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित रहेको विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश १ र  बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सफा रहनेछ। 

विभागका अनुसार मंगलवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १ र  मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको विभागले बुलेटिनमा उल्लेख गरेको छ ।

विभागका मंगलवार राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र  मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

वर्षा हुने पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्