०५ साउन २०८३, मंगलबार

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लाग्ला ?

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लाग्ला ?

सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । 

आज दिउँसो बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाउने नेताहरूले दावी गरेका छन् । 

यसअघि सोमवार दिउँसो गठबन्धन कार्यदलको बैठक बसेको थियो । 

प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँडबारे गठबन्धनमा कुरा मिल्न सकेको छैन ।  

यद्यपी आजको बैठकबाट भने सिट बाँडफाँडबारे टुंगो लाग्ने बताइएको छ ।

आज बस्ने कार्यदलको बैठकले निर्वाचन क्षेत्र सहितको बाँडफाँडको टुंगो लगाउने नेताहरूले दावी गरेका छन् ।

मंगलवार दिउँसो कार्यदलको बैठक बसेपछि आजै शीर्ष नेतासहितको गठबन्धनको बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्