११ साउन २०८३, सोमबार

उपत्यकाको यातायात व्यवस्थित गर्न राष्ट्रिय सभा सांसदको माग

उपत्यकाको यातायात व्यवस्थित गर्न राष्ट्रिय सभा सांसदको माग

राष्ट्रिय सभा सदस्य नन्दा चपाईँले सवारी साधनहरू अव्यवस्थित रूपमा रहेको भन्दै सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताएकी छन् । उनले यसका निम्ति आवश्यक कानून निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

मंगलवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘अव्यवस्थित अवस्थामा रहेका सवारी साधनहरूको व्यवस्थापन गर्न अत्यन्त आवश्यक देखिएको छ । काठमाडौं उपत्यकामा सवारी साधनहरू अव्यवस्थित रहेको देखिन्छ । यस विषयमा दिगो विकास तथा सुशासन समितिले उपसमिति गठन गरी पाँचवटा बैठक बसेको र समस्याको बारेमा गम्भिर छलफल गरी अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापन गर्नको लागि कानूनको अभाव रहेको निस्कर्ष निकाल्दै नेपाल सरकारलाई अनुरोध गर्ने व्यहोरा जानकारी गराउन चाहन्छु । समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्