१४ असार २०८३, आइतबार

ग्लोबल आइएमई बैंकको २७३औँ एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंकको २७३औँ एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ । 

उक्त एटीएम सेवाको समुद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । 

एटीएम सेवा उद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैंकको एटीएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताए ।

कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्