२७ असार २०८३, शनिबार

नेपालमा पहिलो पटक दा मिलानोले नष्ट गर्‍यो ‘ड्यामेज’ सामान, उच्चस्तरीय सामान दिने दाबी

नेपालमा पहिलो पटक दा मिलानोले नष्ट गर्‍यो ‘ड्यामेज’ सामान, उच्चस्तरीय सामान दिने दाबी

नेपालमा पहिलो पटक उच्च स्तरीय ब्राण्ड दा मिलानो इटालियाले आफ्नो बिग्रेको सामानहरू पूर्ण रूपमा नष्ट गरेको छ ।

विश्वमा चर्चित ब्राण्डहरूमध्ये एक द मिलानोले नेपालमा पहिलो पटक आफ्नो स्टोरमा रहेको बिग्रिएको सामान नष्ट गरेको हो । 

करीब ४८ लाख ५४ हजार रुपैयाँ लागतको जुत्ताहरू कम्पनीले नष्ट गरेको हो । 

कम्पनीका अनुसार, केही दिनअघि भारतबाट ब्राण्डका शीर्ष तहका कर्मचारीहरू नेपाल आएर द मिलानोको स्टोर भिजिट गरेका थिए । 

कम्पनीका अनुसार, उनीहरूले मासिक रुपमा, ६ महिना तथा एक वर्षमा अलग अलग टिमले स्टोर रूम भिजिट गर्ने गरेका छन् ।

सोही क्रममा टिमले कोरिएको, बिग्रिएको तथा समग्रमा ड्यामेज भएको जुत्ताहरू नष्ट गरेका हुन् । 

कतिपय जुत्ताहरूमा उनीहरूले पुनः प्रयोग गर्न नमिल्ने गरी च्यातिदिएका छन् । 

द मिलानो इटालियन ब्राण्ड हो । ब्राण्डेड जुत्ताहरूका लागि सुप्रसिद्ध रहेको यो ब्राण्डलाई नेपालमा व्यवसायी रुपेश पाण्डेय नेतृत्वको आर.पी. ग्रुपले भित्र्याएको हो । 

नेपाली बजारमा सन् २०१५ मा ब्राण्ड भित्रिएको थियो । 

कम्पनीले नष्ट गरेका सामानहरूमा अधिकतम ५ वर्ष पूरानोदेखि न्यूनतम एक वर्ष पूरानोसम्म रहेको जनाएको छ । 

कम्पनीले पहिलो चरणमा १ सय ४ पीस जुत्तालाई पुनः प्रयोग गर्न नमिल्ने गरी नष्ट गरेको छ । 

कम्पनीले आफ्नो उच्च स्तरीय ब्राण्डलाई ग्राहकमाझ थप लोकप्रिय बनाउन पूराना तथा बिग्रिएका सामान नष्ट गर्ने गरेको छ । 

निश्चित समयमा सामानहरूको निरीक्षण गर्ने र बिग्रिएको पाइएमा त्यसलाई नष्ट गर्ने काम गरिएको द मिलानोले जनाएको छ ।

सामान स्क्र्याच हुने कारण 

सामाान्य बजारमा केही बिग्रिएको सामान भए कम मूल्य वा सस्तोमा बेच्ने, मेलामा राख्ने गरिएको हुन्छ । यसो गर्दा उपभोक्ताले पनि कतिपय अवस्थामा त्यस्ता सामान प्रयोग गर्नुहुन्छ सस्तोमा पाएँ भनेर । 

तर दा मिलानो चर्चित एवम् महँगो ब्राण्ड हो । 

एउटै जुत्तालाई महँगो मूल्य तिर्नुपर्ने भएपछि कम्पनीले ड्यामेज भएको जुत्ता बिक्री गर्ने गरेको छैन । 

बिक्रीका लागि लायक भएको अवस्थामा मात्रै जुत्ता बिक्री हुन्छ ।अन्यथा कतै सामान्य स्क्र्याच भएमा पनि जुत्तालाई पुनः प्रयोग गर्न नमिल्ने गरी काट्ने, जलाइदिने जस्ता काम गरिन्छ । 

ग्राहकले कसरी चिन्ने ड्यामेज सामान ? 

काठमाडौंको दरबारमार्गमा द मिलानो इटालियनको शोरुम छ । ग्राहकले त्यो शोरूमबाट सहजै आफूलाई मनपर्ने जुत्ता लिन सक्छन् । 

शोरुमले आफ्ना कर्मचारीहरूमार्फत दैनिकजसो जुत्ताहरूको निरीक्षण गर्ने गर्दछ । केही गरी ड्यामेज सामान त्यहाँ पुगेको छ भने तत्कालै त्यसलाई कुलेश्वरमा रहेको स्टोर रुममा लगिन्छ । 

जसकारण ग्राहकले झुक्किएर पनि ड्यामेज भएको सामान किन्ने अवस्था नरहने ब्राण्डको दावी छ । 

ग्राहकले जुत्ता ड्यामेज भए/नभएको पनि सहजै हेर्न सक्छन् । 

जुत्ताको भित्र, बाहिर चर्किएको, च्यातिएको, फुटेको, कतै कतै रङ उँडेको जस्तो देखिएमा त्यो ड्यामेज भएको हुन्छ । ग्राहकले त्यस्ता जुत्ता किन्नु हुँदैन । तर यदी किनिसकेको जुत्ता पनि केही दिनभित्र मै ड्यामेज भएको पाइए त्यो जुत्ता फिर्ता पनि हुन्छ । 

कम्पनीका अनुसार, जुत्ताको ड्यामेजको अवस्था हेरेर बनाउन मिल्ने भए इण्डिया नै पनि पठाइने गरिएको छ ।

कमेन्ट गर्नुहोस्