०२ साउन २०८३, शनिबार

कार्यदलको बैठक फेरि निष्कर्षबिहीन

कार्यदलको बैठक फेरि निष्कर्षबिहीन

चुनावी सिटमा भागबण्डा मिलाउने प्रयासस्वरुप बसेको सत्तारुढ गठबन्धनको कार्यदल बैठक फेरि निष्कर्षबिहीन बनेको छ ।  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भागबण्डाबारे प्रस्तावसहितको प्रतिवेदन तयार पारेर शीर्ष नेतालाई बुझाउने भनिएपनि त्यो सम्भव हुन नसकेको हो । 

अझै छलफल गर्नुपर्ने भन्दै बैठक त्यसै सकिएको हो । अब बुधबार पुनः  बैठक बसेर प्रतिवेदन तयार पारेर शीर्ष नेतालाई बुझाउने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । कार्यदलमा यसअघि पनि सहमति हुन नसकेपछि शीर्ष तहमा समेत छलफल हुँदै आएको छ । शीर्ष तहको अघिल्लो बैठकले कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 

कार्कीका अनुसार कार्यदल शीर्ष नेतृत्वले दिएको जिम्मेवारीअनुसार प्रतिवेदनलाई अन्तिम रुप दिन बाँकी छ । कार्यदल र शीर्ष तहमा प्रदेश र प्रतिनिधिसभा दुबैतर्फ सिट बाँडबाँडबारे छलफल हुँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्