२१ असार २०८३, आइतबार

बाबुआमाप्रति सन्तानलाई जिम्मेवार बनाउने गरी ज्येष्ठ नागरिक ऐन : मन्त्री रेग्मी

बाबुआमाप्रति सन्तानलाई जिम्मेवार बनाउने गरी ज्येष्ठ नागरिक ऐन : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले वृद्धवृद्धा बाबुआमाप्रति सन्तानलाई नै जिम्मेवार बनाउने गरी संसद्मा ज्येष्ठ नागरिक ऐन ल्याइएको बताएकी छन् । 

इन्द्रेणी सांस्कृतिक समाजले आज आयोजना गरेको ज्येष्ठ नागरिकसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनले बाबुआमाबाट अंश लिने तर कर्तव्य पूरा नगर्ने क्रम बढेकाले यस्तो व्यवस्था गरेर ऐन ल्याउनुपरेको बताइन् । कतै सन्तान राक्षस बन्न थालेपछि यस्तो व्यवस्था गर्नुपरेको मन्त्री रेग्मीले सुनाइन् ।

 “वृद्ध बाबुआमाप्रति सन्तानले जिम्मेवारी पूरा नगरे राज्यले ज्येष्ठ नागरिकका लागि काम गर्छ, त्यस्ता बाबुआमाको सम्पत्ति पनि स्थानीय सरकारले लिन्छ, सम्पत्ति नै नहुने बाबुआमालाई पनि सरकारले पाल्छ, आयआर्जन गर्ने सन्तानले आयको १० प्रतिशत बाबुआमाका लागि दिनुपर्ने व्यवस्था यसमा गरिएको छ”, उनले भनिन् । 

 ज्येष्ठ नागरिकसम्बन्धी नियमावली पनि मन्त्रालयले छिट्टै ल्याउने तयारी गरेको छ । वर्तमान कानूनी व्यवस्थाअनुसार सन्तानले बाबुआमालाई नहेरेको उजुरी छिमेकीले पनि दिन सक्ने गरी व्यवस्था गरिएको छ । 
 

कमेन्ट गर्नुहोस्