१२ साउन २०८३, मंगलबार

प्रतिनिधि सभामा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुँदै, यस्ता छन् अन्य सम्भावित कार्यसूची

प्रतिनिधि सभामा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुँदै, यस्ता छन् अन्य सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज (बुधवार) बस्दै छ ।

बुधवार दिउँसो १ बजे बस्ने बैठकमा चर्चामा रहेको मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । 

जसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसपछि सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

मन्त्री काकीले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आज नै छ । 

यसबाहेक प्रतिनिधि सभामा बुधवार भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र सर्वद्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची छ ।

उक्त ध्यानाकर्षणको सम्बन्धमा यज्ञबहादुर बोगटी र राजबहादुर बुढा क्षेत्रीले स्पष्टीकरण माग गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्