
प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्राका तर्फबाट प्रबन्ध निर्देशक विशाल साहले उक्त सम्झौतामा हस्ताक्षर गरे।
प्रभु बैंक र बाबा फुड्स एण्ड रेस्ट्रोबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बाबा फुड्स एण्ड रेस्ट्रद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा ७ प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौता अन्तर्गत बाबा फुड्स एण्ड रेस्ट्रोमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बाबा फुड्स एण्ड रेस्ट्रोका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ।