१० साउन २०८३, आइतबार

युक्रेनको जापोरिझझिया आणविक भट्टीका विषयमा आईएईएले सार्वजनिक गर्‍यो प्रतिवेदन

भदौ २२, २०७९
युक्रेनको जापोरिझझिया आणविक भट्टीका विषयमा आईएईएले सार्वजनिक गर्‍यो प्रतिवेदन

रुसको अधीनमा रहेको युक्रेनको जापोरिझझिया आणविक भट्टी वरपर सुरक्षा क्षेत्र स्थापना गर्न संयुक्त राष्ट्रसंघीय निकाय आईएईएले आह्वान गरेको छ । 

इन्टरनेसनल एटमिक इनर्जी एजेन्सीका अधिकारीहरूले उक्त आणविक भट्टीको निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा यसको उल्लेख छ । 

आईएईएले आणविक भट्टीमा गोली बर्साउन पनि रोक्न भनेको छ । भट्टीमा क्षति पुग्न तथा अन्तर्राष्ट्रिय आणविक विपत आउनबाट रोक्नका लागि गोलीबारी बन्द गर्नुपर्ने संस्थाको आग्रह छ । 

आईएईएको प्रतिवेदनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्वागत गरेका छन् । 

युक्रेनी सेनाले आणविक भट्टीमा निरन्तर आक्रमण गरेपछि आईएईएको प्रतिवेदन सार्वजनिक भएको हो । मंगलवार मात्र युक्रेनले गरेको आक्रमणका कारण भट्टीको बिजुलीको लाइनमा क्षति पुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्