१५ असार २०८३, सोमबार

थप २३० जनामा कोरोना पुष्टि, ७८ संक्रमित निको

थप २३० जनामा कोरोना पुष्टि, ७८ संक्रमित निको

पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बुधवार प्रेस ब्रिफिङमार्फत ३ हजार ८३६ जनामा परीक्षण गर्दा २३० जनामा कोरोना पोजिटिभ देखिएको बताए ।

१ हजार ९५६ पीसीआर परीक्षणमा १२८ र १ हजार ८८० एन्टिजेन परीक्षणमा १०२ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

प्रवक्ता ठाकुरले नेपालमा कोभिड–१९ को जोखिम कायमै रहेको बताए । पछिल्लो २४ घण्टामा ७८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

बुधवार देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५०५ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्