२१ जेठ २०८३, बिहीबार

पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने, नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारी

पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने, नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारी
फाइल फोटो

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ ।

यसअघि भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । 

तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए । नायक शाहविरुद्ध नवलपुर अदालतले मंगलवार साढे २ वर्ष कैद फैसला सुनाएको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद फैसला सुनाएको हो । साथै २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए । 

जबरजस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसूरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

नाबालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले निवेदन अस्वीकृत गरिदिएको थियो ।

नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारी

नवलपुर अदालतको फैसलाविरुद्ध नायक शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन् । अदालतको पूर्णपाठ आउने बित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारी गरिएको शाहका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्