०५ असार २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा बेलायतका नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई बधाई

प्रधानमन्त्री देउवाद्वारा बेलायतका नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् । 

उनले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा बेलायतले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् । 

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा सहभागी हुन गएको बेलायत भ्रमणको स्मरण गर्दै जलवायु कार्य र हरित विकासमा नेपालको दृढ प्रतिबद्धतालाई ध्यानमा राख्दै नेपालले गरेका प्रतिबद्धतामा बेलायतजस्ता विकास साझेदारको समर्थन रहने उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्