०९ असार २०८३, मंगलबार

चीनले बनायो विशेष महिला सैनिक टुकडी, जहाँ पनि कारवाही गर्न सक्षम

कात्तिक २०, २०७४
चीनले बनायो विशेष महिला सैनिक टुकडी, जहाँ पनि कारवाही गर्न सक्षम

काठमाडौं, १७ साउन — चीनको जनमुक्ति सेनाले महिलाहरूको विशेष टुकडी तयार गरेको छ । यो टुकडीले अग्ला पहाडका चिसा ठाउँ र चर्को समुद्री लहर जस्ता अत्यन्त अप्ठ्यारा स्थितिहरूमा पनि कारवाही गर्न सक्छन् ।


यी महिला सैनिकलाई लडाईंका मैदानमा तैनाथ गर्ने हो कि होइन भनी जनमुक्ति सेनाले जानकारी दिएको छैन ।
आज मंगलवार जनमुक्ति सेनाले ९० वर्ष पूरा गरेको छ ।

यो टुकडीमा समावेश भएकी २० वर्षीया वी लिङ्लीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनिन्, ‘हामी बलिया महिला हौं । विशेष तालिम लिँदा मेरो शरीरको आकारप्रकार हल्का बदलियो होला तर मांसपेशी चाहिँ दह्रो भएको छ ।’

चिनियाँ सेनाले पछिल्लो केही समययता महिला सैनिक र अधिकारीहरूसँग जोडिएको रणनीतिमा धेरै परिवर्तन ल्याएको छ । शुरुवातमा महिलाहरूलाई सेनाको परेडमा शोभा बढाउनका लागि मात्र समावेश गरिन्थ्यो ।

तर अहिले आएर महिलालाई राम्रो स्थान दिइएको छ । सन् २०१३ मा त महिलाहरूको विशेष टुकडी नै बनाइयो । टुकडीमा कति महिला छन् भन्ने प्रस्ट छैन ।

वी भन्छिन्, ‘कहिलेकाहीँ मानिसहरू हाम्रो मजाक पनि उडाउँछन् । कुनै पनि पुरुषले यति बलिया महिलासँग बिहे गर्ने हिम्मत राख्दैनन् भन्छन् । तर हामी दृढ संकल्प र मजबूत मुटुका साथ आएका छौं । अप्ठ्यारो बेलामा हामीहरू आत्तिँदैनौं, अघि बढ्छौं ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्