
हुन्डाइले नेपाली बजारमा थप आकर्षक बनाएर नयाँ विशेषताहरूसहित हुन्डाई औरा भित्र्याएको छ ।
कम्पनीले नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य ३६ लाख ५६ हजार रुपैयाँ कायम गरेको छ ।
कम्पनीका अनुसार हुन्डाई औरा नेपाली ग्राहकहरूको 'भाइब्रेन्स अफ पोजिटिभिटी' र 'स्पिरिट टु गो द डिस्टेन्स'द्वारा परिभाषित गरिएको छ ।
पुरानो गाडीबाटअपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरूका लागि हुन्डाई औरा एउटा असल रोजाइ हुन सक्ने कम्पनीको भनाइ छ ।
यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट 'सेन्सस स्पोर्टीनेस' शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्छ ।
हुन्डाई औराको अगाडिको भागमा बूमर्याङ डेटाइम रनिङ ल्याम्प्स (डीआरएल), प्रिमियम स्याटिन फ्रन्ट ग्रील र प्रोजेक्टर टाइप फग ल्याम्पस् जडान गरिएको कम्पनीले जनाएको छ ।
कप जस्तो ढाँचा र युनिक क्यारेक्टर लाइनले यो गाडीलाई अझै आकर्षक देखाएको कम्पनीले जनाएको छ |
यसमा प्रयोग भएको आर१४ डाइमण्ड कट टाइप अलोय ह्वीलले यसको साइड प्रोफाइल आकर्षक देखाउनुका साथै ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।
फराकिलो र बलियो बम्पर डिजाइन, एलईडी टेल ल्याम्प र स्टाइलिस ३ डिमेन्सनल आउटर लेन्सको साथ हुन्डाई औराको पृष्ठभागको आकार निकै भिन्न रहेको कम्पनीले जनाएको छ ।
उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउदा सहज अनुभव गराउछ ।
कम्पनीका अनुसार यसमा प्रमाणित १.२ लिटर कप्पा डुअल भीटीभीटी पेट्रोलले ६ हजार आरपीएम @ ८३ पावर र ४००० आरपीएम @ ११.६ केजीएम सुधारिएको इन्धन दक्षता प्रदान गर्दछ।
औरा आफ्नो सेगमेन्टमा सबैभन्दा इन्धन इफिसियन्ट गाडी हो ।
हुन्डाईले आजको बजारको आवश्यकता अनुरूप उत्पादनहरू क्युरेट गर्दै आएको छ । सोही कुरा हुन्डाई औराको आरामदायी र सहज विशेषताहरूमा स्पष्ट देखिन सकिन्छ ।
यसको आरामदायी क्याबिन, ग्लोभ बक्स कुलिङ, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेवल रियर हेडरेस्ट, रियर AC भेन्टस्, किलेस् इन्ट्री, स्टीयरिङ व्हील माउन्टेड कन्ट्रोलस, उत्कृष्ट ४०२ लिटरको बुट स्पेस. र अन्य विशेषताहरू सहित औराको सम्पूर्ण क्याबिन प्रिमियम र धेरै व्यावहारिक बनाइएको छ ।