२३ असार २०८३, मंगलबार

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । 

फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको  उपस्थितिमा  सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा  रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाइन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०% (बढिमा रु. ३००) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले आउदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखि  ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्