२१ जेठ २०८३, बिहीबार

म्याच खेलेर नेपाल फर्किन्छु, वकिल खोजिदिनुस् : सन्दीप लामिछाने

म्याच खेलेर नेपाल फर्किन्छु, वकिल खोजिदिनुस् : सन्दीप लामिछाने
फाइल फोटो

१७ वर्षीया बालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले विदेशमा भएको म्याच सकिएपछि नेपाल फर्किने बताएका छन् ।

बुधवार क्रिकेट एशोसिएशन नेपाल (क्यान) का कार्यबाहक सचिव प्रशान्त मल्लले उनले क्यानलाई फोन गरेर आफू क्यारिबियन लिग सकेर नेपाल फर्किने बताएको जानकारी दिए ।

‘उहाँ (सन्दिप) ले क्यारिबियन लिग सकेर फर्किने बताउनुभएको छ,’ मल्लले लोकान्तरसँग भने ।

उनका अनुसार आफू निर्दोष भएको भन्दै कानूनी लडाइँका लागि कानून व्यवसायी खोजिदिन समेत सन्दीपले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्