
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव १३ अंकले ओरालो लागेर १९३७.७४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले ओरालो लागेर ३७६.८४ मा सीमित भएको छ ।
कूल २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता शेयर रु १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये बिहीवार ७ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने ६ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।
नेप्सेका अनुसार बैंकिङ ४.०६, व्यापार १७.५९, उत्पादन १३, अन्य १८.८५, लघुवित्त १.५५, जीवन बीमा २४.८२, नागरिक लगानी कोष ०.१३ अंकले ओरालो लागेको छ ।
यस्तै होटल तथा पर्यटन १०.९७, विकास बैंक ३७.१३, जलविद्युत् १३.७८, वित्त २२.२ र निर्जीवन बीमा १.७१ तथा लगानी ०.०२ अंकले उकालो लागेको छ । नेप्सेका अनुसार बिहीवारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार ५०१ बराबर रहेको छ ।
नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार ३६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु ४ करोड ४४ लाख ८१ हजार ४१९, नबिल बैंक रु ३ करोड ३५ लाख ५ हजार ६७८, प्राइम बैंक रु २ करोड ९३ लाख १० हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्स रु २ करोड ७८ लाख ८४ हजार ९९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.०९, ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.९७, छ्याङदी हाइड्रोपावर ३.९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन् ।
यस्तै,सामुदायिक लघुवित्त ६.४९, अप्पर हेवाखोला ५.५६, प्राइम बैंकको ऋणपत्र ४.६०, एनएमबी हाइब्रिड फण्ड १.६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाएका छन् । रासस