×

NMB BANK
NIC ASIA

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

भदौ २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव १३ अंकले ओरालो लागेर १९३७.७४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले ओरालो लागेर ३७६.८४ मा सीमित भएको छ ।

Muktinath Bank

कूल २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता शेयर रु १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये बिहीवार ७ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने ६ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्सेका अनुसार बैंकिङ ४.०६, व्यापार १७.५९, उत्पादन १३, अन्य १८.८५, लघुवित्त १.५५, जीवन बीमा २४.८२, नागरिक लगानी कोष ०.१३ अंकले ओरालो लागेको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै होटल तथा पर्यटन १०.९७, विकास बैंक ३७.१३, जलविद्युत् १३.७८, वित्त २२.२ र निर्जीवन बीमा १.७१ तथा लगानी ०.०२ अंकले उकालो लागेको छ । नेप्सेका अनुसार बिहीवारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार ५०१ बराबर रहेको छ । 

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार ३६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु ४ करोड ४४ लाख ८१ हजार ४१९, नबिल बैंक रु ३ करोड ३५ लाख ५ हजार ६७८, प्राइम बैंक रु २ करोड ९३ लाख १० हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्स रु २ करोड ७८ लाख ८४ हजार ९९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.०९, ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.९७, छ्याङदी हाइड्रोपावर ३.९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन् ।

यस्तै,सामुदायिक लघुवित्त ६.४९, अप्पर हेवाखोला ५.५६, प्राइम बैंकको ऋणपत्र ४.६०, एनएमबी हाइब्रिड फण्ड १.६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x