
प्रहरी हिरासतमा रहेका स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । उनलाई कोभिड संक्रमण देखिएपछि उपचार गराउनका लागि रिहा गरिएको हो ।
कुनै एक निश्चित समुदायको भाषा र संस्कारमाथि नकारात्मक टिप्पणी गरेको आरोप उनी भदौ १२ गते पक्राउ परेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । बुधवार मात्रै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको थियो ।
तर, उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीवार तारेखमा रिहा गरिएको हो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उपचार गर्न भन्दै उनलाई पछि उपस्थित हुने गरी रिहा गरिएको हो । हिरासतमा रहेका उनी गएको मंगलवारदेखि अस्वस्थ देखिएका थिए । उनी मंगलवार नै उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए ।