२४ जेठ २०८३, आइतबार

सेना र प्रहरीलाई बालेनकाे चेतावनीयुतक्त पत्र: कर नबुझाए सरकारी बाँकीसरह असुल गरिने छ

सेना र प्रहरीलाई बालेनकाे चेतावनीयुतक्त पत्र: कर नबुझाए सरकारी बाँकीसरह असुल गरिने छ

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्राचार गरेको छ । महानगरपालिकाले कर नबुझाए दुवै सुरक्षा निकायसहित समाज कल्याण परिषदलाई पनि कारबाही गर्ने चेतावनीयुक्त पत्र पठाएको हो । 

महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई लखेको पत्रमा १० दिनभित्रमा वडा कार्यालयमा गई बहाल कर बुझाउन भनिएको छ ।

पत्रमा लेखिएको छ, ‘तहाँअन्तर्गतका कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले काठमाडौं महानगरपालिकाले सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकोमा हालसम्म नबुझाएको हुँदा तहाँको बहाल आम्दानी विवरणसहित यस पत्र प्राप्त भएकाे मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सो को जरिबानासहित बुझाउन हुन अनुरोध छ ।’ 

उक्त अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरको पत्रमा उल्लेख छ ।

‘अन्यथा महानगरपालिकाले राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने व्यहोरा जानकारीका लागि समेत अनुरोध छ’, पत्रमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्