२५ जेठ २०८३, सोमबार

माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनको घोषणा, १६ बुँदे माग (विज्ञप्तिसहित)

माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनको घोषणा, १६ बुँदे माग (विज्ञप्तिसहित)

माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले थप आन्दोलनको घोषणा गरेको छ।  बिहीबार पत्रकार सम्मेलन गरेर युनियनले विभिन्न १६ बुँदे माग अघि सार्दै सशक्त आन्दोलन घोषणा गरेको हो । 
सरकार संघीय शिक्षा ऐन बनाउने प्रक्रियामा रहँदै गर्दा साविक उमावि शिक्षक र शिक्षाको भविष्य पनि त्यही ऐनमाथि निर्भर रहेको युनियनले उल्लेख गरेको छ । तर, ऐन बनाउँदा विगत ३० वर्षदेखि अध्यापनरत शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने उनीहरुको माग छ । 

 साविक उच्च माध्यमिक विद्यालयको संख्या ३ हजार ५०० भन्दा बढी रहेको र त्यसमा ७ लाख भन्दा बढी विद्यार्थी अध्ययनरत भएपनि अहिलेसम्म १ जनापनि स्थायी शिक्षकको व्यवस्था नहुनु बिडम्बनाको विषय भएको युनियनका अध्यक्ष दीपकराज सुवेदी र महासचिव टीकाप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

१६ बुँदे माग पुरा गर्नका लागि दवाव दिन भाद्र २६ र २७ गते संघीय सांसदहरुलाई ज्ञापनपत्र बुझाउने, २८ गते कालोपट्टी बाँधी अध्यापन गर्ने, ३० गते पेन डाउन गर्ने र त्यसपछि पनि माग पूरा नभए चुनावपछि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने युनियनको भनाइ छ । 

विज्ञप्ति हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्