×

NMB BANK
NIC ASIA

‘सङ्घले बजेट, प्रदेशले योजना निर्माण र स्थानीय तहले कार्यान्वयन गर्नुपर्दछ’

भदौ २३, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सङ्घले बजेट, प्रदेशले योजना निर्माण गरी स्थानीय तहले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।  
कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा आज जुम्लामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सङ्घले अन्तर्राष्ट्रिय, सुरक्षा र बजेट हेर्ने, प्रदेशले योजना बनाउने र स्थानीय तहले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । यस तरिकाले कार्यान्वयन हुने पद्धति बसेमात्र सङ्घीयता व्यवस्थाको सही स्वरूप आउने र त्यसमा जनताको आस्था वृद्धि हुँदै जाने उनको भनाइ थियो । 

Muktinath Bank

स्थानीय तहलाई जनताको चुल्होको सरकारको सङ्ज्ञा दिएका मुख्यमन्त्री शाहीले प्रदेशलाई देखिने र सङ्घलाई सुनिने सरकारका रूपमा वर्णन गरे । उनले भने, “सङ्घीयतामा प्रदेश संरचना भए पनि सङ्घ र स्थानीय तहले प्रदेश संरचनालाई स्वीकार गर्न सकेको अवस्था छैन । सङ्घ र स्थानीय तह विगतमा पनि थियो । मूलतः सङ्घीयता भनेकै प्रदेश संरचना हो । सङ्घ र स्थानीय तहले प्रदेशलाई स्वीकार नगर्ने हो भने खारेज गर्दा पनि हुन्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम तथा महिला आयआर्जन कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइसकेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

यो वर्ष साउन १ गते नै स्थानीय तहलाई अख्तियारी पठाइसकिएको जनाउँदै उनले प्रदेशका ती विशेष कार्यक्रम बेलैमा कार्यान्वयन गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए । 

Vianet communication

उनका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रममा कर्णालीका हुम्ला, डोल्पा र मुगुका प्रत्येक वडालाई रु २० लाख र अन्य सात वटा जिल्लाका वडाहरुलाई रु १५ लाखका दरले बजेट पठाइएको छ । मुख्यमन्त्री शाहीले चालु आव ०७९/०८० मा प्रदेश सरकारले अबण्डा बजेट राख्ने काम नगरेको बरु विषयगत मन्त्रालयमार्फत जिल्लामा पठाइएको जनाए । 

 विगत वर्षमा मुख्यमन्त्री कार्यालयमार्फत कार्यान्वयन हुँदै आएका एकीकृत बस्ती विकास कार्यक्रमलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कर्णाली उज्यालो कार्यक्रमलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय, महिला आयआर्जन कार्यक्रमलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रमलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत कार्यान्वयन हुने गरी काम अघि बढाइएको उनको भनाइ थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x