०९ असार २०८३, मंगलबार

श्रीमतीलाई बिक्रीमा राखे श्रीमानले, किन्नेको मारामार

कात्तिक २०, २०७४
श्रीमतीलाई बिक्रीमा राखे श्रीमानले, किन्नेको मारामार

श्रीमतीले आफूप्रति एकरत्ति सहानुभूति नराखेको आरोप लगाउँदै एकजना ब्रिटिश नागरिकले आफ्नी श्रीमतीलाई सामान खरिदबिक्री सम्बन्धी वेबसाइट इबेमा बिक्रीमा राखेका छन् ।

पुराना कारको बिक्रीका लागि गरिने विज्ञापनजस्तै श्रीमती बिक्रीको विज्ञापन हालेका साइमन ओ केनकी श्रीमतीले उनको ज्यान लिने बताइन् ।

यो विज्ञापन हेरेका मान्छेले श्रीमतीका लागि ९३ लाख रुपैयाँसम्मको बोली लगाए । अघिल्लो हप्ताको बुधवार बेलुका साइमन घर फर्किदाँ बिसञ्चो महसुस गरिरहेका थिए ।

उनकी श्रीमती लियान्द्राले उनलाई खासै मतलब गरिनन् । यस्तो व्यवहार देखेर रिसले चूर भएका साइमनले इबेमा श्रीमतीलाई बिक्रीमा राखेका थिए । टेलिकम इन्जिनियर साइमनले आफ्नी श्रीमतीको तस्वीर इबेमा राखी तलपट्टि ‘प्रयोग गरिसकिएकी श्रीमती’ भन्ने क्याप्सन राखेका थिए ।

त्यसपछि उनले श्रीमतीका गुणदोषको वर्णन गरेका थिए । ‘श्रीमती बिक्रीमा । नयाँ त होइन तर काम लाग्ने नै छ । मलाई वाक्क लागिसकेकाले बिक्रीमा राखेको हुँ । जिउडाल राम्रो छ अनि भान्साको काम गर्न सक्छे,’ उनले पोस्टमा लेखे । केही मान्छेले अश्लील सन्देश पठाएपनि धेरैजसोको प्रतिक्रिया रमाइलो रहेको साइमनले बताए । अहिले उनले उक्त पोस्ट हटाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्