१६ असार २०८३, मंगलबार

गोर्खाल्यान्ड आन्दोलन : आन्दोलनरत दलहरूको भेला दिल्लीमा

कात्तिक २०, २०७४
गोर्खाल्यान्ड आन्दोलन : आन्दोलनरत दलहरूको भेला दिल्लीमा

काठमाडौं, १७ साउन — दार्जीलिङका पहाडहरूमा सक्रिय दलहरूबीचको बैठक मंगलवार नयाँ दिल्लीमा बस्दैछ । यसैबीच गोर्खा जनमुक्ति मोर्चा (गोजमो) प्रमुख विमल गुरुङले अनिश्चितकालीन हडताल आफ्नो पार्टीले मात्र रोक्नसक्ने बताएका छन् ।


पहाडका सबै दल सम्मिलित गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जीएमसीसी) ले यसअघि सबै बैठक दार्जीलिङमा गरेको भएपनि आज दिल्लीमा गर्दैछ ।

तर गुरुङले पहाडको हडताल जीएमसीसीले फिर्ता लिन नसक्ने बताएका छन् र यसबाट उनीहरूका बीच फाटोको संकेत प्राप्त भएको छ ।

‘जीएमसीसीले बन्द फिर्ता लिनमा कुनै भूमिका खेल्दैन । गोजमोले बन्द आह्वान गरेको हो र उसले मात्र फिर्ता लिन सक्छ,’ उनले दार्जीलिङमा पत्रकार सम्मेलन गर्दै भने ।

गोजमो कार्यकर्तामाथि प्रहरीले गरेको कारवाहीको निन्दा गर्दै उनले पश्चिम बंगाल सरकारको आलोचना गरे ।

‘हाम्रा सबै कार्यक्रमहरू शान्तिपूर्वक र लोकतान्त्रिक तरिकाले भएका छन् तर दुर्भाग्यवश राज्य सरकारले आन्दोलनलाई अलोकतान्त्रिक जस्तो गरी चित्रित गर्न खोजेको छ र यसलाई नियन्त्रण गर्न कठोर उपाय अपनाइरहेको छ,’ उनले भने ।

उनले माओवादीहरूसँग ‘अलिखित समझदारी’ भएको आरोपलाई खारेज गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्