२१ असार २०८३, आइतबार

भोकाएको हात्तीले ट्रक रोकाएर 'खाजा' खायो, भिडियो भयो भाइरल

कात्तिक २०, २०७४
भोकाएको हात्तीले ट्रक रोकाएर 'खाजा' खायो, भिडियो भयो  भाइरल

नयाँदिल्ली, १७ साउन–  एक हात्तीलाई भोक लागेपछि उसले बीच सडकमा आलुले भरिएको ट्रक रोकाएर खान लाग्यो । यो रोचक मामला भारतीय राज्य पश्चिम बंगालको हो ।

यहाँको पश्चिमी मिदनापुर जिल्लाकोे गढबेटाको जंगल भएर जाने राष्ट्रिय राजमार्ग–६० मा यो दृश्य देख्न पाइयो ।

भारतीय समाचार एजेन्शी एएनआईद्वारा सेयर गरिएको भिडियोमा हात्ती ट्रक रोकाएर त्यसमा भएका आलु खाइरहेको देखिन्छ । आसपासमा रहेका व्यक्तिले होहल्ला गरेर, पटाका पड्काएर घपाउन खोज्दा पनि हात्ती आफ्नो ठाउँबाट टसमस हुँदैन । उक्त हात्ती आलु खाएर मात्रै बाटो छाडेर जंगल भित्र छिर्छ ।

भारतमा मात्र हैन, जंगली हात्तीका रोचक गतिविधि नेपालमा पनि देख्न पाइन्छ । जंगल तथा राष्ट्रिय निकुञ्ज छेउका बासिन्दाले हात्तीकै कारण आफ्नो बाली समेत गुमाउनुपर्ने अवस्था पनि आउँछ ।

salt training

कमेन्ट गर्नुहोस्