२७ जेठ २०८३, बुधबार

स्व. महारानीको सम्मानमा आजदेखि ३ दिन शोक मनाउने मन्त्रिपरिषद् बैठकको निर्णय

स्व. महारानीको सम्मानमा आजदेखि ३ दिन शोक मनाउने मन्त्रिपरिषद् बैठकको निर्णय

नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व. महारानी एलिजाबेथको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते राति निधन भएको हो । नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै स्व. महारानीको दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्